विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु
विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु राहदानी विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले अर्को सूचना नभएसम्मका लागि सो अनुरोध गरेको हो । 
प्रधानमन्त्री कार्कीको निर्देशनः वायुसेवा निगममा 'भर्ती गरिएका' कर्मचारीलाई तत्काल हटाउनु
प्रधानमन्त्री कार्कीको निर्देशनः वायुसेवा निगममा 'भर्ती गरिएका' कर्मचारीलाई तत्काल हटाउनु प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।
एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए
एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम  मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् ।
मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार
मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो ।
प्रधानमन्त्री कार्कीले भनिन्- भएका समस्या मिलेर समाधान गरौँ (पूर्णपाठ)
प्रधानमन्त्री कार्कीले भनिन्- भएका समस्या मिलेर समाधान गरौँ (पूर्णपाठ) प्रधानमन्त्रीले अहिलेका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् । “मुलुक हाम्रो हो । हामीले सुधार्ने हो, बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ,” उनले भनिन् ।  
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध
बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ। 
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश मन्त्रिपरिषद्को राजदूत फिर्ता बोलाउने गत असोज ३० को निर्णयविरुद्ध लक्ष्मीप्रसाद रेग्मीले दायर गरेको रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गरिदिएको हो । 
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक २० गते 
माओवादीको केन्द्रीय समिति बैठक २० गते  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ ।
खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र
खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी-किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
Weather Update