Odapalika - The Fourth Estate - चौथो अंग
हिजो अहिलेसम्मकै उच्च बनेको अमेरिकी डलरको विनिमयदर आज कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ। अरु सबैजसो विदेशी मुद्राको विनिमयदर पनि आज स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो। 

आज युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा छ। 

त्यसैगरि आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा छ। 

आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ। 


   

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update