कारागारबाट भागेको २७ दिन बित्यो, फर्केनन् ५८ सय १४ कैदीबन्दी
कारागारबाट भागेको २७ दिन बित्यो, फर्केनन् ५८ सय १४ कैदीबन्दी ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै पाँच हजार ८१४ जना कारागारमा फर्केका छैनन् । 
हितेन्द्रले रोकेका २४ वटा सौर्य आयोजनाको पीपीए मनोजले गरे स्वीकृत
हितेन्द्रले रोकेका २४ वटा सौर्य आयोजनाको पीपीए मनोजले गरे स्वीकृत प्राधिकरणको विद्युत व्यापार विभागले विभिन्न सबस्टेसनका लागि आयोजनाहरुको क्षमता तोकेर मूल्यमा प्रतिस्पर्धा गराएको थियो। प्रतिस्पर्धाका लागि आधार दर प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा निर्धारण गरी त्योभन्दा कम मूल्य प्रस्ताव गर्न विभागले आह्वान गरेको थियो।
‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासलाई बोर्डको आग्रह
‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासलाई बोर्डको आग्रह यसअघि गत भदौ २४ र २५ गते भएको ‘जेनजी’ आन्दोलनपछि दूतावासहरूले आफ्नो देशका यात्रुलाई नेपाल भ्रमणबारे सचेत रहन भन्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेका थिए। विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा १५ भन्दा बढी देशका राजदूत तथा प्रतिनिधि र नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधि सहभागी थिए।
सुर्खेतमा ईभी खस्यो
सुर्खेतमा ईभी खस्यो बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको एउटा ईभी गाडी आइतबार (असोज १२) बिहान ४ बजेतिर दुर्घटना भएको छ । रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिकै ईभी दुर्घटना भएको हो ।
गाउँपालिकाका कर्मचारीसहित दुई जना नदीमा हामफालेर बेपत्ता
गाउँपालिकाका कर्मचारीसहित दुई जना नदीमा हामफालेर बेपत्ता आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ । 
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ । 
जेनजी प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने
जेनजी प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।
तुइनखोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरू
तुइनखोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरू मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मंगलबार दिउँसो गएको पहिरो हटाउने काम जारी छ ।
काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ।
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्।
Weather Update