एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
शनिबार, असार १३, २०८३
नर्वेलाई ४–१ ले हराउदै फ्रान्स समूह बिजेता
शनिबार, असार १३, २०८३
उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकआउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो । फ्रान्सको यो लगातार तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र...
मनसुनी वायुको प्रभावले कोशीमा भारी वर्षाको चेतावनी
शनिबार, असार १३, २०८३
गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ ।
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
शनिबार, असार १३, २०८३
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
छाया सेन्टरमा छायाँमा पार्न खोजिएको सत्य
शुक्रबार, असार १२, २०८३
छाया कम्प्लेक्स बन्ने जग्गा पहिला सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा थियो । कानुन अनुसार नै सो जग्गा रैतानी भएर आएको छ । र, छाया कम्प्लेक्स बनाउन राज्यका जुनजुन निकायबाट जे जस्तो अनुमति वा स्वीकृति लिनुपर्ने हो, सो पनि लिइएको छ ।
रौतहटका १५ स्थानीय सरकारले ल्याए आगामी आर्थिक वर्षको बजेट, कसको कति ?
शुक्रबार, असार १२, २०८३
रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
डेङ्गी नियन्त्रणका लागि काठमाडौँ महानगरले तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्ने
शुक्रबार, असार १२, २०८३
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ ।
एनआईसी एशिया बैंकद्वारा चाँगुनारायणको सरस्वती माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड सहयोग
शुक्रबार, असार १२, २०८३
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
धनौजी गाउँपालिकाको नीतिः २० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन
शुक्रबार, असार १२, २०८३
धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
जापान र स्विडेन विश्वकपको नकआउट चरणमा
शुक्रबार, असार १२, २०८३
विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । योसँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औं मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए ।
मालिका गाउँपालिकाले दियो किसानलाई यान्त्रिक हलो
शुक्रबार, असार १२, २०८३
म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले जानकारी दिइन्।
महाङ्काल गाउँपालिकाका अधिकांश बस्तीमा छैन भरपर्दो सञ्चार सुविधा, विपदमा बढी जोखिम
शुक्रबार, असार १२, २०८३
राजधानी नजिकै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन् ।सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन् ।


