हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
मंगलबार, मंसिर ९, २०८२
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै
मंगलबार, मंसिर ९, २०८२
महानगर बासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले निर्णय गरेको छ ।
किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गर्दै गोलबजार नगरपालिका
मंगलबार, मंसिर ९, २०८२
गोलबजार नगरपालिकाले स्थानीय कृषकहरूको कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले उन्नत जातको गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले कुल लागतको ५० प्रतिशत अनुदानमा किसानर्लाइ गहुँको बीउ बाड्न लागेको हो ।
आयोगमा एमाले दर्ता भएपश्चात् निर्वाचन हुनेमा सरकार ढुक्क
मंगलबार, मंसिर ९, २०८२
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा
मंगलबार, मंसिर ९, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
इलाका प्रशासन गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, मंसिर ९, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्थानीय सरकारलाई शिक्षामन्त्री पुनको निर्देशन: बालकक्षाका शिक्षक-कर्मचारीलाई थपेर तलब देऊ
मंगलबार, मंसिर ९, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बालकक्षाका शिक्षकसहितका कर्मचारीको तलबका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका छन्।
एमालेको महाधिवेशन प्रतिनिधि छान्न केन्द्रले दियो यस्ता निर्देशन
मंगलबार, मंसिर ९, २०८२
अधिकारीका अनुसार महाधिवेशनको प्रतिनिधि छनाेटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ।
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मंगलबार, मंसिर ९, २०८२
विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।
आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् मुख्यसचिव अर्याल
मंगलबार, मंसिर ९, २०८२
मुख्यसचिव एकनारायण अर्याल आज मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदै छन्।
जेनजी आन्दोलनमा विध्वंश मच्चाउने टीओबीका दावाको तिब्बती कनेक्सन
मंगलबार, मंसिर ९, २०८२
टीओबीबारे काठमाडौं प्रहरीले लामो अनुसन्धान गरेर उक्त समूहलाई कुनै पनि विदेशी संस्थाहरुले समेत आर्थिक सहयोग नगरेको खुलाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइका अनुसार दावा समूहले २०२४ जुन १० मा ‘बाइक ग्रुप’का रुपमा स्थापना भएको खुलेको जानकारी दिए ।
दोस्रो जितको खोजीमा एनपीएलमा भिड्दैछन् लुम्बिनी र काठमाण्डु
मंगलबार, मंसिर ९, २०८२
नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आज प्रतिस्पर्धामा उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।
आज काठमाडौँको तापक्रम ७ डिग्रीमा भर्यो, कस्तो होला देशभरको मौसम ?
मंगलबार, मंसिर ९, २०८२
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो।


