लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह
लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । 
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ ।
ओली निवास बालकोट पुगे प्रदर्शनकारी, प्रहरीले गोली चलाउँदा २ जना घाइते
ओली निवास बालकोट पुगे प्रदर्शनकारी, प्रहरीले गोली चलाउँदा २ जना घाइते प्रदर्शनकारीले प्रधानमन्त्री निवास घेर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् । तर, यसको विस्तृत विवरण आउन बाँकी छ ।
अनेरास्ववियुका अध्यक्ष बडालले मागे प्रधानमन्त्री ओलीको राजीनामा
अनेरास्ववियुका अध्यक्ष बडालले मागे प्रधानमन्त्री ओलीको राजीनामा जेनजी पुस्ताको आन्दोलनका क्रममा २० जनाभन्दा बढीको ज्यान गएपछि अध्यक्ष बडालले सामाजिक संजाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
चीनबाटै शेखरले आफ्ना समूहका मन्त्रीलाई भने : तत्कालै राजीनामा दिनू
चीनबाटै शेखरले आफ्ना समूहका मन्त्रीलाई भने : तत्कालै राजीनामा दिनू ‘म राजीनामा दिने तयारीमा छु, अरू साथीहरूसँग सल्लाह गर्दै छु’, उनले भने, ‘कर्फ्यु लागेकोले बाहिर निस्किन मिलेन, म त मन्त्रालय पनि जान्नँ।’
काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो।
ललितपुरको विभिन्न स्थानमा बिहानदेखि मध्यरातसम्म कर्फ्यू
ललितपुरको विभिन्न स्थानमा बिहानदेखि मध्यरातसम्म कर्फ्यू जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम मंगलबार बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि ललितपुरका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो। 
घाइतेको उपचारको लागि रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान
घाइतेको उपचारको लागि रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदानमा सहभागी हुन आम नागरिकमा आह्वान गरेको छ। 
सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ
सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै नेपालमा दर्ता हुन अस्वीकार गरेको जानकारी दिएका छन्।
जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा
जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा जारी सूचनामा भनिएको छ, “जेनजी पुस्ताका विद्यार्थी तथा युवामाथि भएको निर्मम दमन निन्दनीय छ। १९ जना युवाले ज्यान गुमाउनु परेको र सयौँ घाइते भएका घटनाले आमाबाबुको सपना, युवाको वर्तमान र मुलुकको भविष्य ढालेको छ।”
काठमाडौँका यी क्षेत्रमा फेरि बढाइयो कर्फ्युको समय
काठमाडौँका यी क्षेत्रमा फेरि बढाइयो कर्फ्युको समय जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।
Weather Update