सरकारले निकोलस भुसालसँग वार्ता गर्न गठन गर्यो समिति
बिहीबार, पुस १७, २०८२
गगन-विश्वको विज्ञप्तीः नियमित महाधिवेशन स्थगन, अब विशेष महाधिवेशन
बिहीबार, पुस १७, २०८२
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
बिहीबार, पुस १७, २०८२
देशका केही स्थानमा आज वर्षा र हिमपात छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
बिहीबार, पुस १७, २०८२
आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ।
नयाँ वर्ष सन् २०२६ सुरु
बिहीबार, पुस १७, २०८२
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
बारेकोट गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ
बुधबार, पुस १६, २०८२
मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ।
मधेशको मन्त्रिपरिषद्मा थपिए ६ मन्त्री
बुधबार, पुस १६, २०८२
शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेश प्रदेश सरकारको प्रशासनिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ ।
जुटे पूर्व पञ्चहरूको दल, राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण
बुधबार, पुस १६, २०८२
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए।
घट्यो पेट्रोल र डिजेलको मूल्य, यस्तो छ सूची
बुधबार, पुस १६, २०८२
इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रू. ४।१९ ले, डिजेलमा रू. ५।०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रू. ८।१५ ले घटेर आएको निगमले जनाएको छ । तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर रू. १००। ३५ ले बढेर आएको निगमको भनाइ छ ।
हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजनामा रहेको उपप्रमुख डङ्गोलको भनाइ
बुधबार, पुस १६, २०८२
यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरपालिकाले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा ‘नमुना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको छ । केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भनिन्,‘यस प्रकारको सेवा नयाँ हो । नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्छ । प्रारम्भ गरिएका...
रास्वपाले समानुपातिक सूची सच्याउने
बुधबार, पुस १६, २०८२
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।
भेडेटारमा तीन दिने खाना महोत्सव सुरु
बुधबार, पुस १६, २०८२
‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ।


