यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आज विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने  पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई आज(पुस ८) देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ । 
भद्रकाली पुनः निर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डङ्गोलको भनाइ 
भद्रकाली पुनः निर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डङ्गोलको भनाइ  आज पुनः निर्माण कार्यको अनुगमन गर्दै उहाँले, सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रूपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरूको सुझाव र सहयोग लिन, कम्पाउन्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन निर्देशन दिइन्।
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन 
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन  परिवारिको अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । 
६ राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय, यी हुन् दलहरू
६ राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय, यी हुन् दलहरू यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको  निर्वाचन आयोले जनाएको छ ।
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।
शीतलनिवासमा साढे २ घण्टा छलफल, चुनाव सफल बनाउन राष्ट्रपतिको आग्रह
शीतलनिवासमा साढे २ घण्टा छलफल, चुनाव सफल बनाउन राष्ट्रपतिको आग्रह सरकार र राजनीतिक दलको नेतृत्वलाई एकै ठाउँ राखेर राष्ट्रपतिले चुनाव सफल बनाउन आग्रह गरेका हुन् । तर, दलहरूले भने चुनावका लागि वातावरण नबनेको कुरा दोहोर्‍याएका थिए ।
रामप्रसादराई गाउँपालिकामा सवारी साधनलाई करमाथि कर, ठूला ट्रक प्रवेश गर्दा ३ हजार तिर्नुपर्ने
रामप्रसादराई गाउँपालिकामा सवारी साधनलाई करमाथि कर, ठूला ट्रक प्रवेश गर्दा ३ हजार तिर्नुपर्ने गाउँपालिकाको सभाले पारित गरेको राजस्व ऐन कार्यान्वयन गर्न सवारी साधानको प्रवेश गर्दा पटके कर लिन लागिएको हो । यस्तो करमा एक पटक प्रवेश गर्दा ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण संचालनको अनुमति भएका तर संचालनमा नदेखिएका तथा नभेटिएका विद्यालयहरुलाई महानगरले सम्पर्कमा आउनु भनेको हो ।
आज कांग्रेस, एमाले र नेकपाको कार्यालय जाँदै दुई मन्त्री
आज कांग्रेस, एमाले र नेकपाको कार्यालय जाँदै दुई मन्त्री राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले आज मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ।
रवि-बालेन भेटमा कुरा के भयो ?
रवि-बालेन भेटमा कुरा के भयो ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार राति अबेरसम्म भेट भएको छ ।
चिसो बढेपछि गौर नगरपालिकाका विद्यालय बन्द 
चिसो बढेपछि गौर नगरपालिकाका विद्यालय बन्द  चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । 
Weather Update