काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा गोविन्द बहादुर कार्की नियुक्त भएका छन् ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।
त्यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ । सरकारले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०८३ १७:०७
प्रतिक्रिया दिनुहोस्





