Odapalika - The Fourth Estate - चौथो अंग
मुख्यसचिव बने सुमनराज अर्याल, यस्तो छ उनको विगत

काठमाडौं । सरकारले सुमनराज अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिरदेखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि को मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको हो ।

यस्तो छ उनको विगत

नवनियुक्त मुख्यसचिव अर्याल काठमाडौंको जोरपाटीका हुन् । २०५३ साल बैंक १९ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए। 

तथ्यांक शास्त्रमा स्नातकोत्तर अर्याल केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए भने सोही विभागमा महानिर्देशक पनि भए ।

अर्यालसँग सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत काम गरेका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update