सेयरमूल्य सीमा विवादः नेप्सेले १० प्रतिशतको सीमा पठायो, बोर्डले १५ बनाइदियो

काठमाडौँ । आजदेखि दोस्रो बजारमा कुनै कम्पनीको सेयर कारोबारमा एकै दिन १५ प्रतिशतसम्म घट्न वा बढ्न सक्ने भएको छ । यसअघि एक कारोबार दिनमा १० प्रतिशत मात्रै घट्न वा बढ्न पाउने कानुनी व्यवस्था थियो ।

बैशाख ७ गतेदेखि लागू भएको धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को चौथो संसोधनको व्यवस्थाले कुनै कम्पनीको मूल्य एकै कारोबार दिनमा १५ प्रतिशतसम्म घट्न वा बढ्न पाउने व्यवस्था गरेको हो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संचालक समितिको चैत २३ गतेको बैठकले पारित गरेको विनियमावलीमा १५ प्रतिशतसम्मको मूल्य सीमा कायम गरिएको छ ।

यो व्यवस्थामा नेपाल स्टक एक्सचेन्ज (नेप्स)को कुनै भूमिका छैन । केही विषय भने नेप्से संचालक समितिले एउटा निर्णय गरेको र धितोपत्र बोर्ड संचालक समितिले अर्काे निर्णय गरेको तथ्य खुलेको छ ।

स्रोतले दिएको जानकारी अनुसार चैत ११ गते नेप्से संचालक समितिको बैठक बसेको थियो । सो बैठकले कुनै कम्पनीको सेयर मूल्यको सीमा १० प्रतिशतका विषयमा केही निर्णय गरेकै थिएन । जबकि चैत २३ गतेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले एकै कारोबार दिनमा १५ प्रतिशतसम्म मूल्य घटवढ हुन पाउने व्यवस्था विनियमावलीमा गरिदियो ।

धितोपत्र बोर्डले खासगरी नयाँ ४ वटा व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कुनै कम्पनीको एकै दिन मूल्य अन्तर १५ प्रतिशत घटबढ हुन मिल्ने भएको छ । पहिलो १० प्रतिशतको सीमा थियो ।

यस्तै, प्रि ओपनिङमा अब अघिल्लो दिनको कारोबार मूल्यको ५ प्रतिशत तलमाथि हुन पाउने भएको छ । पहिला पहिला २ प्रतिशत मात्रै थियो । नयाँ व्यवस्था अनुसार अब जुनसुकै समयमा पनि सेयर खरिद विक्रीको आदेश राख्न मिल्ने भएको छ । पहिला विहान १०ः३० देखि १०ः४५ सम्म थियो । र, सर्किट ब्रकेरमा अब ५ प्रतिशत र ८ प्रतिशतको सीमा तोकिएको छ । पहिला ४ प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशतको सीमा थियो ।

कारोबार भइरहेको समयमा तोक्न पाइने मूल्यमा पनि नेप्से र बोर्डको फरक धारण रहेको पाइएको छ । नेप्से संचालक समितिले प्रत्येक कारोबारमा २ प्रतिशतले मूल्य कम वा बढी राखेर खरिद विक्री आदेश प्रविष्टि गर्न पाउने व्यवस्था थियो । बोर्डले यो व्यवस्था परिवर्तन गरेर ३ प्रतिशत बनाइदिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update