बलेफी हाइड्रोपावरकी संचालक ज्योति गैरेले हटाइन सिडिएससीकी प्रबन्ध संचालक प्रवीण पन्दाकलाई

 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध संचालक प्रवीण पन्दाकलाई पदबाट हटाउने निर्णय गरेको छ।

नेप्सेको उच्च व्यवस्थापनमा कार्यरत पन्दाकलाई सिडिएससीको प्रवन्ध संचालक बनाइएको थियो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिडिएससी संचालक समिति अध्यक्ष रहने व्यवस्था छ । यस्तै नेप्सेका उच्च व्यवस्थापनमा कार्यरत पन्दाक सिडिएससीको संचालक समिति सदस्य थिइन ।

सिडिएससीमा रहेर पन्दाकले कम्पनीको दोहोर आइजिन नम्बर दिन अस्वीकार गरेको भन्दै केही व्यवसायी उनलाई हटाउन लागेका थिए । खास गरेर गोल्यान समुहका पवन गोल्यान पन्दाक विरुद्ध सर्वाेच्च अदालतसम्म पनि पुगेका थिए । 

यस्तै बलेफी हाइड्रो पावर कम्पनीका संचाल ज्योति गैरे सिडिएससीका प्रबन्ध संचालक पन्दाकलाई ७ दिनभित्रमा पदबाट हटाउने घोषणा गरेर लागेकी स्रोतले जानकारी दियो । बलेफी हाइड्रोपावर कम्पनीका संचालक गैरेले ३ दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा गएर पन्दाक विरुद्ध उजुरी गरेकी थिइन् । गैरेले गरेको उजुरी प्रभावकारी भएपछि नेप्सेले पन्दाकलाई सिडिएससीबाट हटाएर पुनः नेप्सेमै फिर्ता बोलाएको हो । गैरे पवन गोल्यानको व्यवसायिक घराना गोल्यान ग्रुपमा कार्यरत कर्मचारी पनि हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update