सुधन गुरुङलाई ऋण दिने श्रेष्ठ नेपाल समाचारपत्रका दिरेकलालका आफन्त, सेयर फिर्ता लिने गरी दिइयो ऋण

काठमाडौँ । निवर्तमान गृहमन्त्री सुधन गुरुङलाई ३७ लाख ५० हजार रुपैयाँ ऋण दिने विजयकुमार श्रेष्ठको पहिचान खुलेको छ । उनी नेपाल समाचारपत्र दैनिक संचलन गर्ने संस्था कामना न्युज पब्लिकेसन्सका संचालक सम्पादक दिरेकलाल श्रेष्ठका आफन्त रहेको खुलेको हो ।

वडापालिका डटकमले प्राप्त गरेको जानकारी अनुसार श्रेष्ठले ऋण दिएर सुधन गुरुङले सेयर खरिद गरेको देखिएपनि पछि सो सेयर ४ जनाको हुने सहमति भएको छ । प्राप्त जानकारी अनुसार दिरेकलाल श्रेष्ठ, च्याङ अग्रवाल, विजयकुमार श्रेष्ठ र सुधन गुरुङको हुने सहमति गरेर सुधनको नाममा विरेन्द्रले रकम उलब्ध गराएका हुन् ।

‘सुधन गुरुङको नाममा ५० हजार कित्ता सेयर छ । यसमध्ये उनको जम्मा १० हजार कित्ता मात्रै हो । बाँकी ३ जनामा दुई जनाको १५/१५ हजार र एक जनाको १० हजार कित्ता सेयर गर्ने सहमति छ,’ सुधनको नाममा सेयर लिन सहमती गरेकामध्ये एक सेयरधनीले वडापालिकासँग भने ।

केही दिनअघि निवर्तमान गृहमन्त्री सुधन गुरुङले एक तमसुक सार्वजनिक गरी विजय कुमार श्रेष्ठसँग ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएर लिवर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको १२ हजार ५ सय कित्ता र स्टार माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको १२ हजार ५ सय कित्ता सेयर खरिद गरेको बताएका थिए । 

sudhan-tamasuk-1777033010.jpg
कामना न्युज पब्लिकेसन्स प्रालिका संचालक तथा सम्पादक दिरेकलाल श्रेष्ठले सुधनको नाममा रहेको सेयर आफ्नो पनि भएको स्वीकार गरे ।

सम्बन्धित समाचार

नेपालका ठूला अधिकांश मिडियाका संचालक अनुसन्धानको दायरामा, कसलाई के आरोप ?

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update