काठमाडाैँ। सरकारले मन्त्रालयको संख्या २२ वाट घटाएर १८ वटा कायम गरेको छ ।
मन्त्रालयको संख्या र काम पनि थपघट भएको छ । यससँगै कुन काम कुन मन्त्रालय अन्तरगत पर्यो, कुन विभाग, कार्यालय, समिति, कोष वा बोर्ड कुन मन्त्रालय मातहत रहने भयो भन्ने चासो धेरैको छ ।
सरकारले मन्त्रालय घटेपछि र मन्त्रालयहरुलाई नयाँ जिम्मेवारी दिएपछि त्यसको जानकारी राजपत्रमा सुचना प्रकाशन गरेर गराएको छ ।
केही मन्त्रालयहरुले नयाँ जिम्मेवारी पाएका छन् भने केही मन्त्रालयको जिम्मेवारी थपिएको छ । केही मन्त्रालयको नाम नै परिवर्तन भएको छ ।
सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ।
अन्य मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ।
यसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संशाधन मन्त्रालय रहने छन्।
त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ।
साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गाभिएको छ।
सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत राखेको छ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन्।
अब कुन विभाग, कार्यालय, समिति, वोर्ड र कोषहरु कुन मन्त्रालय मातहत परे ?



