दंगीशरण गाउँपालिकाले दियो किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

 

दाङ । पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

गाउँपालिकाले २६ लाख २२ हजार २१४ रुपैयाँ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट ६ लाख र हेफर नामक गैरसरकारी संस्थाबाट १० लाख गरी जम्मा १६ लाख रुपैयाँ र किसानका तर्फबाट १६ लाख रुपैयाँ जम्मा भएमध्येबाट बोलपत्र प्रक्रिया गरी अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।  

मिनीट्रिलर २०, रिपर पाँच, चापकटर ११ पानी तान्ने १८ वटा पम्प ५५ जना किसानलाई अनुदानमा वितरण गरिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update