
काठमाडौँ । दाङको दंगीशरण गाउँपालिकाले राष्ट्रिय गान गाएर सेवा सुरु गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको अध्यक्षतामा बसेको कर्मचारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
असार ३० गते बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ । बैठकमा गाउँपालिकाका ३५ जना कर्मचारी सहभागी थिए ।
‘२०८२ साउन १ गतेबाट दैनिक राष्ट्रिय गानबाट सेवा प्रवाह सुभारम्भ गर्ने । दैनिक विहान १०ः०० बजे कार्यालयमा कार्यरत कर्मचारीहरु तोकिएको ड्रेसकोडा र परिचयपत्रसहित राष्ट्रिय गानमा सहभागी भई त्यसपछि मात्र दैनिक सेृवा प्रवाहमा लाग्ने,’ बैठकको निर्णयमा उल्लेख छ ।
बैठकले कार्यालयका कर्मचारीको नियमित बैठक प्रत्येक महिनाको १५ र ३० गते गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, वडासचिवहरुसँग प्रशासन शाखा र प्रमुख प्रशासकीय अधिकृतको मासिक समीक्षा बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार गर्ने निर्णय पनि बैठकले गरेको छ । र, प्रत्येक महिनाको ३ गते गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुको समीक्षा बैठक गर्ने निर्णय भएको छ । बैठकले विद्युतीय हाजिरीलाई पूर्ण रुपमा कार्यान्यनमा ल्याउने भएको छ ।