लिखु गाउँपालिकाले बोलायो जेठ २९ गते सर्वदलीय बैठक, यस्तो छ कारण

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले जेठ २९ गते सर्वदलीय बैठक बोलाएको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी र समावेशी बनाउनको लागि सर्वदलीय बैठक आव्हान गरिएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए ।

‘गाउँपालिकाको समग्र विकास र समृद्धिमा सरोकारवालाहरूको महत्त्वपूर्ण सल्लाह, सुझाव र रचनात्मक प्रतिक्रिया अपरिहार्य हुने भएकाले यस गाउँपालिकाभित्र क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, संघ/संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण सरोकारवाला महानुभावहरूलाई अनिवार्य उपस्थितिका अनुरोध गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत राउतले भने ।

बैठक जेठ २९ गते विहान साढे १० बजेको लागि बोलाइएको छ । बैठक गाउँपालिकाको कार्यालय यसममा हुनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update