मौद्रिक नीतिः राष्ट्र बैंकले व्याज दिएर निक्षेप राख्ने, बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण हुने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्रीय संस्थाहरुको फेरि वर्गीकरण गर्ने भएको छ ।

अहिले क,ख,ग र घ गरी चार वर्गमा बैंक तथा वित्तीय संस्थाहरुलाई वर्गीकरण गरिएकोमा यसलाई फेरि वर्गीकरण गर्ने राष्ट्र बैंकको योजना छ ।

गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवा सहितको बैंकिङको अवधारणामा अघि बढ्ने राष्ट्र बैंकको नीति रहेको बताए ।

गभर्नर डा. पौडेलले आगामी आर्थिक वर्षको लागि लचिलो मौद्रिक नीति ल्याएका छन् । मुलुकको आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने उद्देश्यका साथ मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको उनले बताए ।

राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्था र भावी परिदृश्यलाई मध्यनजर गर्दै मौद्रिक नीतिका मुख्य दरहरूलाई यथावत राखेको गभर्नर डा.  पौडेलको भनाइ छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य ११ प्रतिशत कायम गरेको छ । त्यस्तै, विस्तृत मुद्राप्रदाय १४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । ब्याजदर करिडोर अन्तर्गतका दरहरूमा कुनै परिवर्तन गरिएको छैन । नीतिगत दर, स्थायी निक्षेप संकलन सुविधा दर र बैंक दरलाई यथावत राखिएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिएको छ । स्थायी तरलता सुविधा सम्बन्धी प्रावधानमा पनि कुनै हेरफेर गरिएको छैन ।

यस्तै, तरलता बढी भएकोले राष्ट्र बैंकले आफ्नै खर्चमा व्याज दिएर निक्षेप राख्ने गभर्नर पौडेलले बताए । यसाे गर्दा बजारमा निक्षेपकाे व्याज धेरै कम नहुने विश्वास राष्ट्र बैंककाे छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update