पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण

 

काठमाडौँ । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले असार ३१ गतेदेखि साउन ४ गतेसम्म राजस्व संकलन बन्द गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड (कहार) ले दिएको जानकारी अनुसार असार ३१ गते १२ बजेदेखि साउन ४ गतेसम्म गाउँ कार्यपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरुबाट राजस्व संकलन गर्ने कार्य बन्द हुनेछ । सो गाउँपालिकामा ६ वटा वडा छन् ।

राजस्व संकलन रोकिनुको कारण भने स्थानीय तहहरुले संचालन गर्ने स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा चालु आर्थिक वर्षको करका दर तथा शीर्षकहरु राजस्व संकलन सफ्टवयरमा अध्यावधिक गर्ने प्रयोजनका लागि हो ।

गाउँपालिकाले सेवाग्राहीलाई असार ३१ गतेदेखि साउन ४ गतेसम्म राजस्व बुझाउनको लागि गाउँपालिका वा वडा कार्यालयहरुमा नआउन सेवाग्राहीलाई अनुरोध पनि गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update