पाल्हीनन्दन गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्नको लागि आवेदन

 

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको लेखापरीक्षणको प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय तथा जिन्सी सामानको लेखापरीक्षण गर्नको लागि प्रक्रिया अघि बढाएको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामसुन्दर चौधरीका अनुसार लेखापरीक्षणका लागि इच्छुक तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा स्वीकृत लेखापरीक्षक फर्म/संस्थाबाट आशयपत्र माग गरिएको छ ।

उनका अनुसार यसको लागि गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेको छ । सुचनामा इच्छुक लेखापरीक्षकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा स्वयं उपस्थित भएर लेखापरीक्षणका लागि आशयपत्र पेश गर्नुपर्नेछ। गाउँपालिकाले असोज १ गते सुचना प्रकाशन गरेको चौधरीले जानकारी दिए ।

आशयपत्रसँगै सम्बन्धित व्यक्तिको निवेदन, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, लेखापरीक्षक फर्मरसंस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र, प्रमाणपत्र नवीकरण भएको प्रमाणित प्रतिलिपि, स्थायी लेखा नम्बर ९प्यान० प्रमाणित प्रतिलिपि तथा फर्म कालोसूचीमा नपरेको स्वघोषणापत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

त्यस्तै, नेपाल सरकारको निकायमा कार्यरत कर्मचारीको हकमा विभागीय अनुमतिपत्रसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update