बैंकहरुको नाफा ७० अर्ब, तर सेयरधनीले पाउने १ अर्ब २६ करोड मात्रै

काठमाडौं । बैंकले गत आर्थिक वर्षको कारोबारका आधारमा प्रकाशित गर्ने अपरिष्कृत वित्तीय विवरणहरु सार्वजनिक भएका छन् । संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले विवरण सार्वजनिक गरेका छन् ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकहरुले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यद्यपि, यो नाफाबाट सबै रकम बैंकहरुले सेयरधनीलाई वितरण गर्न पाउँदैनन् । सेयरधनीलाई वितरण गर्न पाउने रकम भने १ अर्ब २६ करोड रुपैयाँ मात्रै छ ।

बैंकहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशतले बढेको छ ।  आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका थिए । बैंकहरुले गत आर्थिक वर्षमा कर्जा असुलीमा सुधार गरेका कारण नाफा बढेको देखिएको बैंकरहरुले बताएका छन् ।

नविल बैंकले गत वर्ष सबैभन्दा बढी खुद नाफा गरेको छ । नविलको खुद नाफा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले बढी हो । नबिलले अघिल्लो वर्ष ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हिमालयन बैंकले १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष हिमालयनले १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कुमारीले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा थियो ।

सिटिजन्स बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सिटिजन्सले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सरकारको लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो रावा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

नेपाल बैंकको खुद नाफा ४ अर्ब ५० करोड रुपैयाँ छ । अघिल्लो वर्ष नेपाल बैंकले ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

एनएमबी बैंकको खुद नाफा ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ छ । अघिल्लो वर्ष एनएमबीले २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सानिमा बैंकको खुद नाफा ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ छ । अघिल्लो वर्ष सानिमाले २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

प्राइम कमर्सियल बैंकको खुद नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ । अघिल्लो वर्ष प्राइमले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब २२ करोड रुपैयाँ छ । अघिल्लो वर्ष ग्लोबल आइएमईले ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

नेपाल एसबिआई बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष एसविआईले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

माछापुच्छ्रे बैंकको खुद नाफा २ अर्ब ११ करोड रुपैयाँ छ । अघिल्लो वर्ष माछापुच्छ्रे बैंकले १ अर्ब ८८ करोड ३६ रुपैयाँ खुद नाफा गरेको थियो ।

एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब ६ करोड रुपैयाँ छ । अघिल्लो वर्ष एभरेष्टले ४ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब ५१ करोड रुपैयाँ छ । अघिल्लो वर्ष सिद्धार्थले ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

एनआइसी एसिया बैंकले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको एनआईसी एशिया बैंक गत आर्थिक वर्षमा उल्लेख्य रुपमा सुधार भएको तथ्यांकले देखाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ छ । अघिल्लो वर्ष सो बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

लक्ष्मी सनराइज बैंकको खुद नाफा ३ अर्ब ११ करोड रुपैयाँ छ । अघिल्लो वर्ष लक्ष्मी सनराइजले ४ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

कृषि विकास बैंकको खुद नाफा २ अर्ब ६३ करोड रुपैयाँ छ । अघिल्लो वर्ष कृषि विकास बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २ अर्ब ७४ करोड रुपैयाँ छ । अघिल्लो वर्ष सो बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

प्रभु बैंक भने २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सानीमा छ । अघिल्लो वर्ष प्रभुले ८७ करोड २३ लाख २रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update