प्रधानमन्त्रीले लिए ग्यास उद्योगीलाई ‘पाता कस्नु पर्छ’ भन्ने मन्त्री यादवको राजीनामा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा लिएका छन् । यादवले प्रधानमन्त्री शाहलाई राजीनामा बुझाएकी हुन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता कस्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । यस्तै, उनले कर्मचारीहरुले काम गर्नै नदिएको भन्दै कर्मचारी संयन्त्रको पनि तिब्र आलोचना गरेकी थिइन् ।
उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । मन्त्री यादवको चौतर्फि आलोचना भएपछि उनले पदबाट राजीनामा गरेकी हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ १३:५६
प्रतिक्रिया दिनुहोस्




