काठमाडौँ । पाल्पामा पहिरोले घर तथा गोठ पुरिदा एक जनाको मृत्यू भएको छ ।
सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार आइतबार बिहान ४ बजे पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिदा १ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् ।
अविरल वर्षाको कारण पहिरो आई १ घर १ गोठ पुरिएर सोही ठाउँका वर्ष ७५ को लिलबहादुर घर्ती मगरको शव फेला पारेको छ भने निजको छोरी वर्ष १७ कि दिना घर्ती मगर र वर्ष १५ कि झरना घर्ती बेपत्ता छन् ।
पहिरोले ३ जना हराईरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म, नेपाल प्रहरी र जेसिविको सहायताले उद्धार कार्य भईरहेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही स्थानका अन्य केही घरसमेत जोखिममा रहेको बुझिएको छ ।




