काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन् ।
प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल सवार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान केहीबेर अघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको औपचारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीसहित ३४ जना सहभागी छन् । यस्तै, निजी क्षेत्रका ५२ जना व्यवसायीहरूको टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछ ।




