राष्ट्रिय सभा बैठक आज, तर एमालेले अवरोध गर्ने 

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ । 

हिजो बसेको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विमानस्थलबाट बाहिरिएको तस्करीको सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर सदन अवरुद्ध ग¥यो । आजको राष्ट्रिय सभामा पनि एमालेले आफ्नो मागलाई कायम राख्ने जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update