Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा 

काठमाडौं । इलाम–२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित अभियान थालेको छ । 

इलाम–२ का ६ वटा स्थानीय तहका नागरिकसँग संवाद गर्न रास्वपाले केन्द्रीय नेतालाई खटाएको छ । चुनाव केन्द्रित छलफलका लागि ६ जना सांसदलाई पठाउने तयारी भएको रास्वपाले जनाएको छ । 

केन्द्रीय सदस्यसमेत रहेका सांसदहरु सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा चुनावी अभियानमा होमिने छन् । 

आज साँझ नै उनीहरु कार्यस्थल पुगिसक्ने नेताहरुले बताएका छन् ।   स्थानीय मतदातासँग भेटघाट र छलफल गर्ने कार्यक्रम बनाएपनि कसलाई उम्मेदवार बनाउने भन्ने विषय भने टुंगो लागि नसककेको रास्वपाले बताएको  छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update