काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस ब्रेक फेल भएर पल्टियो 
                        
                        
                                                
                                             
                                                                    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दोलखाको जिरीबाट काठमाडौं आउँदै गरेको बागमती ४७१० नम्बरको अरनिको सुपर एक्सप्रेस बस सुनकोशी गाउँपालिका–७ पाँच किलोमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार बसमा ४० जना सवार रहेको थियो । ब्रेक फेल भएर बस पल्टिएको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:४३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    