 
                                                                    काठमाडौँ । संसदको अधिवेशन सुरु हुने बेला भइसकेको अवस्थामा अध्यादेश ल्याएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न लागेको चर्चा भइरहेको छ । तर, यसलाई प्रधानमन्त्री ओलीले हल्लामात्र भएको दाबी गरेका छन् ।
बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास आइपुगेका उद्यागी व्यवसायीको टोलीसँग प्रधानमन्त्री ओलीले सरकार नढल्ने दाबी गर्दै हल्लाको पछि नलाग्ने आग्रह गरेका छन् ।
अध्यादेश ल्याएपछि सरकार ढल्न लागेको हल्ला चलाइएको भए पनि यसमा सत्यता नरहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल कांग्रेससँगको सहमतिमा सकारात्मक दूरगामी महत्त्वका नीति निर्माण गरेर प्रभावकारी ढंगले सरकारले काम गरिरहेको दाबी गरे ।
‘अध्यादेश ल्याएपछि कांग्रेस र एमालेको नीति नमिलेर अब सरकार छिट्टै ढल्दैछ भन्ने बजार हल्ला छ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेमात्रै हुँदा रहेछन्, आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन । जतिबेला अन्टसन्ट बोल्ने, विरोध गर्ने । तीनलाई आफ्नो पिठो बिकाउनुछ ।’
देश बनाउने भावनाका साथ एमाले र कांग्रेसका नेताहरू अघि बढेको जानकारी दिँदै उनले सरकार नढल्ने दाबी दोहोर्याए ।

 
                
            



 
                                         
                                         
                                        -1761062466-1761090861.jpg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    