
काठमाडौँ । पूर्वमन्त्री तथा पूर्वपञ्च केशरबहादुर विष्टले २०७२ सालमा बनेको संविधान काम नलाग्ने भइसकेको भन्दै आजैबाट जहाँ भेट्यो त्यही च्यात्न आह्वान गरेका छन् ।
राप्रप नेपालका अध्यक्ष कमल थापा, राप्रपाका नेता प्रकाशचन्द्र लोहनीलगायतका नेतालाई मञ्चमा राखेर विष्टले संविधान च्यात्न आग्ह गरेका छन् ।
काठमाडौँको धुम्बाराहीमा राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको प्रतिवद्धता सभामा बोल्दै उनले राजनीतिक दलका नेताहरुलाइृ आतंककारीको संज्ञा दिदै अव नेपालमा राजतन्त्रको विकल्प नभएको बताए ।
संघर्ष समितिका संयोजक जगमान गुरुङको अध्यक्षतामा जारी सभामा बोल्दै उनले यो अभियानका अभियन्ता तथा हाल फरार रहेका दुर्गा प्रसाईको प्रसंसा गर्दै उनकै पहलमा राजा सक्रिय हुन थालेको र आफुहरुलाई पनि राजा फर्काउने अभियानमा थप जुट्न प्ररणा मिलेको दाबी समेत गरे ।