निजामती विधेयकमा असहमति जनाउँदै नौगाढ गाउँपालिकामा कर्मचारीले नै लगाए ताला

काठमाडौँ । निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन नगरिएको भन्दै दार्चुलाको नौगाढ गाउँपालिकाका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दै काम ठप्प पारेका छन् । 

प्रदेश निजामती र स्थानीय सेवाका कर्मचारीहरुको संयसक्त संघर्ष समितिले आन्दोलनको तयारी गरिरहेका बेला पालिकास्तरीय संघर्ष समितिको आह्वानमा आज पालिकाको कामकाज ठप्प पारिएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले कर्मचारीले तालाबन्दी गरेका कारण अत्यावश्यकबाहेकका सबै सेवा ठप्प भएको जानकारी दिए । 

कर्मचारीहरुले आफ्ना माग विधेयकमा सम्बोधन गर्न दवाव दिदै कामकाज ठप्प पारेको बताएका छन् । 

भन्दै विगतमा भएका सहमति विपरित राज्य व्यवस्था समिति हुँदै संसदबाट विधेयक पारित गर्न लागिएको भन्दै प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा होमिएका छन् । 

आन्दोलनको चरणवद्ध कार्यक्रम तय गरेका उनीहरुले आफ्ना माग विधेयकमा सम्बोधन हुने अवस्था नदेखिए १६ जेठबाट काठमाडौँ केन्द्रीत निर्णायक प्रदर्शन गर्ने भएका छन् । 

स्थानीय सेवा र प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको संयुक्त संघर्ष समितिले ५ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी तिब्र पारेको छ । 

विधेयकमा अन्तर प्रदेश र अन्तर प्रदेश स्थानीय तह सरुवाको व्यवस्था हुनुपर्ने, ऐन जारी भएकै मितिबाट प्रदेश कानुन बमोजिम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने उनीहरुको माग छ । 

त्यसैगरी स्थानीय सेवाका कर्मचारीलाई निजामतीको परिभाषामा समेट्नुपर्ने, प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीले तिनवटै तहमा प्रतिस्पर्धा गर्न उमेरुहद लगाउन नहुने, यसता कर्मचारीको सुरु अवधिदेखि नै सेवा गणना हुनुपर्नेलगायतका माग उनीहरुले अघि सारेका छन् । 

१६ बैशाखबाट आन्दोलनको आन्तरिक तयारी थालेको र जेठ १६ गतेसम्ममा पनि आफ्ना माग समेटिने सुनिश्चितता नभए काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने तय भएको संयूक्त आन्दोनल परिचालन समिति तथा स्थानीय सेवा कर्मचारी सञ्जालका संयोजक दिपक गौतमले जानकारी दिए । 

495079683_1008244408135037_3062725754183898376_n-1746772339.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update