
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।
५४ जना शाखा अधिकृत र ३९ जना उपसचिवहरुको सरुवा गर्दा २६ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीको सरुवा भएको छ ।
यसरी गरिउको सरुवामा उपसचिव र शाखा अधिकृत गरेर १८ जनालाई दिइएको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद र जिल्ला समन्वय अधिकारीको पद खोसिएको छ । उनीहरुलाई अन्य निकायमा सरुवा गरिएको छ ।
शाखा अधिकृत आविद अन्सारी विगुल गाउँपालिकाबाट जिल्ला समन्वय समितिको कार्यालय काठमाडौँ सरुवा गरिएको छ ।
गोविन्द प्रसाद आचार्य हुम्लाको सिमकोट गाउँपालिकाबाट राष्ट्रिय योजना आयोग आइपुगको छन् भने दामोदर दाहाल कोशी गाउँपालिका सुनसरीबाट जिल्ला समन्वय समिति सुनसरी पुगेका छन् ।
सिताराम राई रामप्रसाद राई गाउँपालिकाबाट लोकसेवा आयोग, द्रोपती कुमारी यादव अर्नामा गाउँपालिका सिरहाबाट गृह मन्त्रालय, सन्तोषकुमार शर्मा धनौजी गाउँपालिकाबाट संघीय मामिला अतिरिक्त समूहमा सरुवा भएका छन् ।
ताम्रराज काफ्ले अदानचुली गाउँपालिका हुम्लाबाट सार्वजनिक खरिद अनुगमन कार्यालय, दिलिप खड्का सर्केगाड गाउँपालिका हुम्लाबाट सार्वजनिक खरिद अनुगमन कार्यालय, पुन्य प्रसाद पौडेल चुलाचुली गाउँपालिकाबाट संघीय मामिलाको अतिरिक्त समूह र नविन गड्तान लामा गल्छी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सञ्चार मन्त्रालयमा सरुवा भएका छन् ।
उता प्रमुख प्रशासकीय अधिकृत विकास विक सिदिङवा गाउँपालिका ताप्लेजुङबाट चुलाचुली गाउँपालिकामा सरुवा भएका छन् भने कृष्णहरि पौडेल पञ्चकन्या गाउँपालिका नुवाकोटबाट गल्छी गाउँपालिका धादिङमा सरुवा भएका छन् ।
उपसचिव अच्युत राज रेग्मी पाँचखाल नगरपालिकाबाट संघीय मामिलाको अतिरिक्त समूहमा पुगेका छन् भने टिकामणि न्यौपाने म्याङलुङ नगरपालिकाबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पुगेका छन् ।
धर्मराज गैरे दिपालय सिलगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट राष्ट्रपतिको कार्यालयमा सरुवा हुँदा शारदा चालिसे सिरहाको जिल्ला समन्वय अधिकारीबाट सर्तकता केन्द्र पुगेका छन् ।
हरिप्रसाद गुरागाई जिसस अधिकारी सोलुबाट प्रधानमन्त्री कार्यालय, विमला काफ्ले जिसस अधिकारी सुनसरीबाट भाषा आयोग, ढाल बहादुर जिसी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।
उपसचिव हिराकाजी श्रेष्ठ इश्वरपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट संघीय मामिलाको अतिरिक्त समूहमा, कृष्णप्रसाद सापकोटा देवदह नगरपालिकाबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका छन् ।
उपसचिव पुरुषोत्तम सापकोटा जिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट पाँचखाल नगरपालिकामा, मोहन कुमार श्रेष्ठ विदेह नगरपालिकाबाट चाँगुनरायण नगरपालिकामा, शिवप्रसाद गुमागाई चाँगुनारायण नगरपालिकाबाट जिसस अधिकारी काभ्रेमा, मधुकृष्ण पौडयाल संघीय मामिलाबाट देवदह नगरपालिकामा सरुवा भएका छन् ।
राजु प्रसाद साह जिसस अधिकारी बाराबाट पर्सागढी नगरपालिका पर्साको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् भने सिकिन्द्र प्रसाद साह हरिपूर्वा नगरपालिका सर्लाहीबाट चन्द्रपुर नगरपालिका रौतहटको प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।