Odapalika - The Fourth Estate - चौथो अंग
अबको ३ दिन भारी वर्षापछि बाढी पहिरो, कुन कुन जिल्लामा बढी छ जोखिम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी दिन देशका सम्पूर्ण भूभागमा ठूलो वर्ष र बाडी पहिरोको जोखिम रहेको जानकारी दिएको छ ।

विभागले साउनको ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । 

कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ ।

विभागका अनुसार ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च छ ।

यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ । पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यमस्तरको प्रभाव पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।

महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको छ । 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update