Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय परिचयपत्र, पञ्जीकरण र सामाजिक सुरक्षा भत्तामा प्रविधिक समस्या आए यी हुन सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय सरकारहरुले सार्वजनिक सेवा प्रवाह गर्दा भोग्नु परेको मुख्य समस्या समाधानको लागि सम्पर्क व्यक्ति र उनीहरुको टेलिफोन नम्बर सार्वजनिक गरेको छ ।

विभागले राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता (पञ्जीकरण) र सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी कुनै प्राविधिक समस्या, गुनासो भएमा र सो सम्बन्धी जानकारी प्राप्त गर्नको लागि कर्मचारीको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको हो । अहिले देशभरका स्थानीय सरकारहरुले भोगेको मुख्य समस्या पनि यी विषयमा आएको प्राविधिक समस्या नै हो ।

विभागले सार्वजनिक गरेको कर्मचारीको नाम र विवरणमा प्रदेशगत रुपमा तथा सबै प्रदेशबाट सम्पर्क गर्न सकिने कर्मचारी र उनीहरुको सम्पर्क नम्बर पनि उल्लेख छ ।

यस्तो छ नाम र सम्पर्क नम्बर

panjikaran-contract-no-1753808380.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update