Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

हेटौँंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । 

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउँछ, उसैलाई एमालेको समर्थन रहने उनको भनाइ छ ।

नेता थपलियाले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताए । नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update