Odapalika - The Fourth Estate - चौथो अंग
भोटेकोशी गाउँपालिकाले तीजको अवसरमा नृत्य प्रतियोगिता गर्ने, यस्ता छन् सहभागी हुने नियम

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तीजको अवसरमा नृत्य प्रतियोगिता गर्ने भएको छ ।

गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी तीज विशेष नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । सो प्रतियोगितामा सहभागी हुनको लागि भदौ १ गतेभित्र नाम दर्ता गराइसक्न गाउँपालिकाले भनेको छ ।

प्रतियोगितामा एक्लै वा समुहमा पनि सहभागी हुन पाइने छ । गाउँपालिकाले स्थानीय मौलिक कला संस्कृति झल्किने साथै समाजमा असर नपर्ने खालको नृत्य प्रस्तुत गर्नुपर्ने नियम बनाएको छ । समुह बनाएर प्रतिस्पर्धा गर्ने हो भने एउटा समुहमा कम्तिमा ३ जना हुनुपर्ने नियम छ । बाध्यवाधन समुहको व्यवस्था प्रतियोगीले नै गर्नुपर्ने गाउँपालिकाले भनेको छ । 

सो प्रतियोगितमा सहभागी हुन गाउँपालिकाले विभिन्न महिला संजाल, टोल विकास संस्था, आमा समुह, क्लब, संघ संस्थाका साथै महिला दिदी बैनीहरुलाई अनुरोध पनि गरेको छ ।

प्रतियोगिता भने भदौ ५ गते विहीबार विहान १० बजेदेखि सुरु हुनेछ । झिर्पु माध्यामिक विद्यालयको नयाँ भवनमा प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update