Odapalika - The Fourth Estate - चौथो अंग
भिमाद नगरपालिकाको विद्यालय नर्स पदमा ४ जना उतिर्ण, वैकल्पिक सुचीमा को–को परे ?

काठमाडौँ । तनहुको भिमाद नगरपालिकाले माग गरेको विद्यालय नर्स पदमा ४ जना उतिर्ण भएका छन् ।

नगरपालिकाले आज सार्वजनिक गरेको नतिजा अनुसार मोनिका रसाइली, सायरा खातुन मिया, भिममाया नेपाली र मोनिका श्रेष्ठ उतिर्ण भएका हुन् । 

यस्तै, वैकल्पिक उम्मेदवार सुचीमा सनम राना र कृष्टिना काफ्ले छन् । 

उतिर्ण भएका चारै जनालाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सिफारिस भएका उम्मेदवारले ७ दिनभित्र भिमाद नगरपालिकाको कार्यालयमा करार सेवा सम्झौता गर्न आउन पनि भनिएको छ । सिफरिस भएका उम्मेदवारहरु तोकिएको सयममा सम्झौता गर्न नआए नगरपालिकाले वैकल्पिक सुचीमा रहेका उम्मेदवारलाई नियुक्त गर्नेछ ।

bhimad-school-norse-1756638796.jpg

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update