Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । 

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update