Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी प्रदर्शनले २३ अर्ब क्षतिको बीमा दाबी, ३ अर्ब पनि भएको छैन भुक्तानी

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी ३ अर्ब रुपैयाँ पनि भुक्तानी नभएको पाइएको छ ।

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिव १९ अर्ब १ करोड ९४ लाख रुपैयाँ दाबी रकममध्ये करिव २ अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ २ हजार २७० दाबीको करिव ३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ दाबी रकममध्ये करिव ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको करिव ३६ करोड ७९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको करिव ३८ करोड ७२ लाख दाबी रकममध्ये करिव २२ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम करिव १ करोड ६६ लाख रहेको छ ।

प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा ३९२ वटा दाबीको करिव रू. २ अर्ब ३२ करोड ४६ लाख दाबी रकममध्ये करिव रू. ३१ करोड ८४ लाख, मधेश प्रदेशमा ३६७ वटा दाबीको करिव रू. ७० करोड ४ लाख दाबी रकममध्ये करिव रू. ४ करोड ७१ लाख र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको करिव रू. १७ अर्ब ६१ करोड ६२ लाख दाबी रकममध्ये करिव रू. २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको करिव रू. १ अर्ब ६९ करोड २३ लाख दाबी रकममध्ये करिव रू. १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको करिव रू. ४७ करोड ४४ लाख दाबी रकममध्ये करिव रू. ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको करिव रू. ९ करोड ९९ लाख दाबी रकममध्ये करिव रू. ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको करिव रू. ३२ करोड ६० लाख दाबी रकममध्ये करिव रू. २ करोड ७२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिव रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

पुनर्बीमा कम्पनीबाट आयो १ अर्ब ९९ करोड 

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीको करिव रू. १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी रकम रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update