Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ?

काठमाडौँ । केही दिनयता गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच सम्बन्ध विग्रिएको सन्देश प्रवाह हुने प्रकारका समाचारहरु बाहिरिएका छन् ।

गृहमन्त्री अर्याल स्वयमले मेयर बालेनसँग सम्बन्ध विग्रिएको संकेत पनि गरेका छन् ।

गृहमन्त्री अर्यालले सोमबार कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’मा अन्तरवार्ताको क्रममा बालेनसँग सम्बन्ध विग्रिएको संकेत दिएका हुन् ।

उनले आफूलाई कसको प्रतिनिधि भनेर आलोचना गर्ने गरिएको भन्दै असुन्तुष्टि राखे ।

‘एउटा गृहमन्त्रीलाई के भनिएको आज । गृहमन्त्रीलाई हेर्नुस न, फलानोको गृहमन्त्री, फलानोले बर्खास्त गर्दैछ रे । यस्ता टपर्टुइयाँ पत्रु समाचारको पछाडि छ । जवकि गृहमन्त्रीलाई यसरी भन्छ भने प्रहरी प्रशासनको फोर्सको मनोबल कहाँ बढ्छ ? मनोबल बढाउने हो भने त पहिला गृहमन्त्री जे हो, जसरी आयो, गृहमन्त्री त के हो, पहिला त प्रधानमन्त्री शुशीला कार्कीले छनोट गरेको मान्छे हो नि । अरुबाट पनि विश्वास जित्न उसले प्रणालीभित्र रहेर प्रणालीलाई नविगारी नेभिगेट गर्दैछ । त्यसमा त मैले दिनप्रतिदिन काम गर्दैछु,’ गृहमन्त्री अर्यालले भने ।

गृहमन्त्री अर्यालले फलानोको मन्त्री गृहमन्त्री भनेर काठमाडौँ महानगरका मेयर बालेन शाहको प्रसंग कोट्याएका हुन् । उनलाई मेयर बालेनको सिफारिसमा गृहमन्त्री बनेको भन्ने चर्चा छ । गृहमन्त्री अर्याल मेयर बालेनका कानुनी सल्लाहकार थिए ।

तर, पछिल्लो केही महिनायता मेयर बालेन र उनका कानुनी सल्लाहकार अर्यालबीच सुमधुर सम्बन्ध नरहेको तथ्यहरु पनि सार्वजनिक भएका छन् । 

यद्यपि, पछिल्लो समय मेयर बालेनले प्रधानमन्त्री शुशीला कार्कीलाई भेटेर गृहमन्त्री अर्याललाई बर्खास्त गर्न आग्रह गरे भन्ने समाचार पनि सार्वजनिक भएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update