Odapalika - The Fourth Estate - चौथो अंग
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
फाइल फोटो

काठमाडौं - आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।

शनिबार (कात्तिक १५) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकबाट महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकबाट महाधिवेशन कास्कीको पोखरामा गर्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update