Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरः मेयरले मध्यराति लेखे अश्लिल स्ट्याटस, नगर प्रहरीले दिउसो चलायो कालमोचनमा डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिका अहिले चर्चाको केन्द्रमा छ । 

काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने गरिएको बन्चरे डाडा ल्याण्डफिल्ड साइडका स्थानीयले अवरोध सिर्जना गरेपछि ४ दिनदेखि काठमाडौंको फोहोर घरभित्रै थियो भने मेयर बालेन्द्र शाह (बालेन) ले मध्यराति फेसबुक प्रोफाइलमा अश्लिल शब्द प्रयोग गरेर स्ट्याटस लेखेपछि त्यसको पनि चर्चा भएको छ ।

यता आइतबार दिउसो काठमाडौँ महानगरको नगर प्रहरीले थापाथलीको ट्राफिक प्रहरी प्रभाव नै भत्काउन डोजर लिएर पुगेको छ ।

मेयर बालेनको अश्लिल शब्दसहितको स्ट्याटस

काठमाडौँ महानगरका मेयर बालेनले शनिवार मध्यराति अश्लिल शब्दसहितको फेसबुक स्ट्याटस लेखेका थिए । उनले सो स्ट्याटसमा अमेरिका, भारत, चीन जस्ता नेपालका मित्र र छिमेकी राष्ट्रलाई अश्लिल शब्द प्रयोग गरेर गाली गरिएको छ भने नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा जस्ता दलहरुलाई पनि त्यस्तै अश्लिल शब्द प्रयोग गरेर गाली गरिएको छ । 

यद्यपि, मेयर बालेनले सो स्ट्याटस पछि हटाएका छन् । उनले प्रयोग गरेका शब्द नेपाली सामाजिक मर्यादा विपरितका अश्लिल भएकोले समाचारमा प्रयोग गर्न सकेनौं । तर, उनले लेखेको स्ट्याटस सामाजिक संजालमा भाइरल भइरहेको छ ।

कालमोचन घाटमा डोजर

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित कालमोचन घाटको अवैध संरचनामा डोजर चलाएको छ। आइतबार बिहान साढे ११ बजेपछि महानगर प्रहरी डोजरसहित थापाथली पुगेको थियो।

थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग रहेको भवन भत्काउन भनेर महानगरको टोली डोजरसहित पुगेको हो । डोजर लिएर प्रहरी प्रभाग पुगेपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

कुलमानले मिलाए फोहोर विवाद

काठमाडौँ उपत्यकाको फोहोर बन्चरे डाडा ल्याण्डफिल्डमा विसर्जन गरिदै आएको थियो । तर, सो स्थानका स्यानीले विगत ४ दिनदेखि अवरोध सिर्जना गरिरहेका थिए । यसअघि  भएका सहमती कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध सिर्जना गरेका थिए ।

सहरी विकास मन्त्रालयको समते जिम्मेवारी बहन गरेका उर्जा जलस्रोत र भौतिक पुर्वाधार विकास मन्त्री कुलमान घिसिङले यसअघि भएका सहमती १५ दिनभित्रमा कार्यान्वयन गरिसक्ने प्रतिवद्धता जनाएपछि समस्या समाधान भएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update