Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी

काठमाडौं - राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।

प्रमुख शाहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले आज उजुरी दिएको हो । 

सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उहाँहरुले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने आश्वासन दिएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update