Odapalika - The Fourth Estate - चौथो अंग
मुख्यमन्त्री सोनलले दिए राजीनामा

जनकपुर- केही दिन अघी नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।

आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका हुन् ।

त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update