काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका मातृभूमि बचाउँ अभियानका प्रमुख दुर्गा प्रसाईंले सुकुम्बासी बस्तीमा उत्तेजक भाषण गरेका छन् ।
आइतबार विहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले सुकुम्बासी बस्ती हटाउन कामठाडौँ महानगरको टोली आए सुकुम्बासीहरुलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) को ‘घरतिर हुरुरु जान’ भनेका छन् ।
‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस्,’ प्रसाईले भने ।
उनले काठमाडौँ महानगरका मेयर बालेनकी श्रीमती र बच्चमाथि पनि अभद्र व्यवहार गर्न पनि उक्साए ।
‘श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ?’ उनले भने।
प्रमुख प्रसाईंले मेयर बालेनको घर भत्काउन पनि उकासे ।
‘उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस्,’ उनले भने ।





