निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक
फाइल तस्वीर

काठमाडौं - नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।

दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। बैठकमा महामन्त्री गगन थापाले निर्णय सुनाएका थिए भने केन्द्रीय समितिले अनुमोदन गरेको हो।

कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ। तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले आमनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।

यस्तै‚ केन्द्रीय समिति बैठक अब ११ मंसिरमा बस्ने भएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अब केन्द्रीय समिति बैठक ११ मंसिरमा बस्ने जनाए। 
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update