काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १०७ विद्यालयलाई १५ दिनभित्रमा सम्पर्कमा आउन भनेको छ ।
संचालनको अनुमति भएका तर संचालनमा नदेखिएका तथा नभेटिएका विद्यालयहरुलाई महानगरले सम्पर्कमा आउनु भनेको हो ।
महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि शिक्षा विभागले स्थलगत रूपमा अनुगमन, रुजु, एकिन गरी अनुमति खारेजीका सम्बन्धमा आवश्यक निर्णय हुन कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ। महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना साथ संलग्न सूचीमा उल्लेख भएका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त भएको छ ।
संचालनमा रहेको नदेखिएका वा नभेटिएका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक/सञ्चालक/व्यवस्थापक र गुठीयारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी सोको पुष्टि गर्न सुचना प्रकाशित गरिएको महानगरको भनाइ छ ।
तोकिएको समयमा सम्पर्कमा नआए काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ ९ट० बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने महानगरको भनाइ छ ।







