झापा- मेचीनगर नगरपालिकाको नगरप्रहरी, बारुणयन्त्रका कर्मचारी र जनप्रतिनिधिलाई सशस्त्र प्रहरीले विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ ।
सम्भावित विपद्को सामना र प्रभावकारी व्यवस्थापन गर्ने विषयमा सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले नगरको विपद्मा अग्र पङ्क्तिमा खटिने ३० जनालाई तालिम दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले विपद्जन्य घटनामा तत्काल प्रथम प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले तालिममा सहकार्य गरिएको बताए।
तालिममा घर, भवन, वनमा आगलागी हुँदा डोरीको सहायताबाट जिपलाइन, विभिन्न गाँठो तथा नटहरू बनाउने तरिका, बाढी तथा डुबानमा उद्धारका बेला र्याफ्ट बोट बनाउने तरिकालगायत सिकाइएको छ ।





