Odapalika - The Fourth Estate - चौथो अंग
शुल्लाफाँटा–१० को टोटी खोलामा ३ करोडको पक्की पुल 

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा ३ करोड रुपैयाँको लागतमा पक्की पुल निर्माण थालिएको छ । 

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको जनानकारी दिए ।

निर्माण कम्पनीसँग २ करोड ९८ लाख रुपैयाँमा सो पुल निर्माणको सम्झोता भएको वडाध्यक्ष ऐरको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update