Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा मनोनीत भएका छन् । 

रास्वपाको आज बसेको केन्द्रीय समितिको विशेष बैठकले शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

स्वतन्त्र रूपमा निर्वाचन जितेर महानगरको नेतृत्व सम्हालिरहेका शाहको केही अघि  रास्वपामा आवद्ध हुन सहमत भएका थिए । उनलाई रास्वापाले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update