Odapalika - The Fourth Estate - चौथो अंग
टेरामक्स प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश 

काठमाडौं- टेरामक्स खरिद सम्बन्धी मुद्दामा विशेष अदालतले खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश गरेको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेत समेत जोडिएको उक्त मुद्दामा यस्तो आदेश भएको हो। 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मगंलबार उक्त आदेश गरेको हो ।

उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ ।

१ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रूपैयाँ भुक्तानी दिएर खरिद भएका सामान जडान समेत भइसकेको अवस्थामा त्यसको गुणस्तर मापन गराउन समेत आदेश गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update